भरतपुर । लक्ष्मी माविभरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको क्वाटरफाइनलम प्रवेश गरेको छ।
आज सम्पन्न प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनलमा ओम शान्ति एकेडेमीलाई २-० ले पराजित गर्दै लक्ष्मी मावि क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । उसको जितमा कप्तान अमन दर्जीले दुबै गोल गरे ।
उनले खेलको २३ औं र ३५ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । प्रतियोगितामा बिहीबारबाट क्वाटरफाइनलका खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनलमा आदिकवि भानु मावि र दुर्गा शेषकान्त मावि भिड्नेछन् । खेल दिउँसो ४:३० बजे कृष्णपुरमा हुनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु