भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलमा आजबाट नकआउट चरणको खेल सुरु भएको छ ।
प्रतियोगिताको प्रि क्वाटरफाइनलमा दुर्गा शेषकान्त माविले जित हात पारेको छ । उसको जितमा असिम परियारले खेलको ३० औं मिनेटमा गोल गरे । महेन्द्र गहतराजले खेलको ३७ बादल घलानले ४० औं मिनेटमा गोल गरे । बादल म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ । सोमबार ग्रामोदय इङलिस स्कुल र जनज्योति मावि भिड्नेछन् । खेल कृष्णपुर मैदानमा दिउँसो ४:३० बजे हुने खेल संयोजक तथा सह आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलले जानकारी दिए । रासस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु