भरतपुर । प्रजातान्त्रिक विचार समाज चितवनको आयोजनामा बुधबार प्रा.डा. सुर्यमणि अधिकारीको १७ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी कलेज नारायणगढको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । उक्त कार्यक्रम नेपाली काँग्रेस चितवनको वार्षिक क्यालेण्डरमा प्रकाशित कार्यक्रम अन्तरगत आयोजना गरिएको नेपाली काँग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले नेपाली काँग्रेस र चितवनको शैक्षिक क्षेत्रमा प्रा.डा. सुर्यमणि अधिकारीको योगदान अतुलनीय रहेको वताउँदै उहाँको परिवारसंग नेपाली काँग्रेस चितवन सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समाजका जिल्ला अध्यक्ष सुरेश चन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रा.डा. ईश्वरी लौडारी, केन्द्रिय उपाध्यक्ष तथा वागमती प्रदेश अध्यक्ष भरत प्रसाद दवाडी, नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, शालिग्राम शर्मा पौडेल, सचिव ध्रुवराज पोखरेल, बालकुमारी कलेज संचालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, क्याम्पस प्रमुख जगदिश्वर खनाल, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहट्टा, प्रा.डा. सुर्यमणि प्रतिष्ठानका प्रतिनिधि इन्दिरा अधिकारी कोइराला, नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारी, बालकुमारी कलेजका पुर्व प्रिन्सिपल शिव प्रसाद पौडेल, चिरन्जीवि श्रेष्ठ, वालकुमारी कलेज प्राध्यापक संघका सभापति शारदा खनाल, रविभक्त शर्मा खनाल, सुरक्षा रेग्मी, प्रा.डा. देवी प्रसाद कँडेल, सुरेन्द्र धिताल, महेश प्रसाद अधिकारी, डा. बावुराम अधिकारी, चन्द्रकान्त पौडेल, बोम प्रसाद अर्याललगायतको सहभागिता रहेको थियो ।