चितवन । भरतपुरमा रहेको शैक्षिक परामर्शदाता राइटपथ क्यारियर काउन्सिलिङ्गले ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ गर्ने भएको छ । संस्थाले यही जेठ ४ गते भरतपुर ओरालोमा अवस्थित आफ्नै शाखा कार्यालयमा कन्क्लेभ गर्न लागेको हो । राइटपथले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका प्रबन्धक निर्देशक सुरज पौडेलले विद्यार्थीलाई सिधै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसंँग परामर्श दिलाउने उद्धेश्यसहित कन्क्लेभ आयोजना गरिएको बताउनु भयो । बिशेषगरी १२ कक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कन्क्ेलभ आयोजना गरिएको उहांँको भनाई छ । राइटपथले बैशाख २९ गतेबाट कन्क्लेभ शुरु गरेको बताउँदै हालसम्म देशका मुख्य शहरहरुमा कन्क्लेभ सम्पन्न भईसकेको जानकारी दिनुभयो ।
विद्यार्थीलाई विदेशको शिक्षा, कला, संस्कृति, कानुन , जबको बारेमा समेत जानकारी दिने उद्धेश्य रहेको उहांँको भनाई छ । कन्क्लेभमा आउने विद्यार्थीको लागि एपलिकेसन प्रोसेसमा शतप्रतिशत छुट अफर, फ्रि मुभी टिकटका साथै गिफ्ट ह्याम्परकोपनि व्यवस्था गरिएको उहांँले बताउनु भयो। राईटपथले अमेरिका,क्यानडा,युके,अष्ट्रेलिया,लगायतका विश्वविद्यालयमा पढ्नको लागि स्कलरसिपको व्यवस्था गर्नुका साथै ६ हजार लाग्ने आइएलटीस शुल्कलाई २ हजार ८१ रुपैंया कायम गरिएको जानकारी दिएको छ । कन्क्लेभमा संस्थाका बा्रण्ड एम्बेसडर २०१६ की पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा गायिका अञ्जु पन्तको समेत सहभागी हुनेछन ।
राइटपथले चितवन लगायत काठमाडौं, ललितपुर, हेटौंडा, धनकुटाका शाखाहरुबाट परामर्श दिंँदै आएको छ ।