चितवन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनको पदाधिकारी बैठक सम्पन्न भएको छ ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यका अनुसार बैठकले नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन, काठमाडौंमा हुँदै गरेको विद्यार्थी महोत्सव र मदन आश्रित स्मृति दिवसकाबारे छुट्टाछुट्टै निर्णय गरेको छ ।
बैठकले यही जेठ १२, १३ र १४ गते हुन लागेको एमाले चितवनको अधिवेशनका लागि अनेरास्ववियु चितवनबाट २ जना प्रतिनिधि चयन गरेको छ । जसमा अध्यक्ष हरि आचार्य र कोषाध्यक्ष अनुजा खनाललाई सर्वसम्मतबाट चयन गरिएको छ ।
अनेरास्ववियुको केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा जेठ १ देखि ३ गतेसम्म हुन लागेको विद्यार्थी महोत्सवमा चितवनबाट भव्य सहभागिता जनाउने निर्णय समेत बैठकले गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु