चितवन । पोल्ट्री कल्याणकारी संघले १० दश थान म्याजिक लाईट हस्तान्तरण गरेको छ । सवारी चेकजांँचमा सहज होस भन्ने हेतुले म्याजिक लाईट हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष मनोज रानाभाट लगायतका पदाधिकारीले चितवन ट्राफिक प्रहरी प्रमुख सुरेश सुबेदीलाई उक्त लाईट हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा बोल्दै प्रमुख सुबेदीले संघले म्याजिक लाईट ट्राफिक प्रहरीलाइ अत्यावश्यक उपकरण भएकोले यस सहयोगले ट्राफिक चेकजांँचमा मदत पुग्ने बताउनु भयो । ‘बिशेषगरी रात्रीकालिन अवस्थामा अत्यावश्यक उपकरण हो, प्रमुख सुबेदीले भन्नुभयो, यसले हामीलाई चेकजांँच र दुर्घटना न्युनिकरणमा पनि सहयोग पुग्नेछ ।’ संघका अध्यक्ष रानाभाटले ट्राफिक प्रहरीलाई म्याजिक लाईट आवश्यकता परेको सुनेपछि म्याजिक लाई वितरण गरिएको बताउनु भयो । ‘उहांँहरुको माग र आवश्यकता अनुसार हामीले म्याजिक लाईट सहयोग गरेका हौं, रानाभाटले भन्नुभयो, यो हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।’ यस सहयोगले दुर्घटना न्यूनिकरणमा मदत पुग्ने अपेक्षा रहेको रानाभाट को भनाई छ ।
आगामी दिनमा पनि ट्राफिक प्रहरी संँग दुुर्घटना न्यूनिकरण गर्नका लागि सहकार्य र प्रशिक्षण लगायतका लागि कामहरु गर्दै जाने उहांँले बताउनु भयो ।