चितवन । नारायणगढ पुलचोक नजिकै एक महिलाको शब फेला परेको छ । आज बिहान ७ बजेतिर वडा प्रहरी कार्यालय नारायणगढ जाने सडक नजिक अन्दाजी २८ बर्षकी महिलाको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले बिहान परिचय नखुलेकी एक महिलाको शब फेला परेको जानकारी दिए । ती महिलाको शब परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको छ । उक्त महिला नारायणगढ बजारमा मागेर खाने हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु