चितवन । जापानमा व्याचलर पढ्न युनिभर्सिटीको टेष्ट नेपालमै सुरु भएको छ । जापानको नागासाकी इन्टरनेशनल युनिभर्सिटीले सेन्ट्रल कलेजसंगको सहकार्यमा नेपालमै टेष्ट सञ्चालन गर्न थालेको हो । शनिवार मात्र भरतपुरमा लिइएको टेष्टमा सेन्ट्रल कलेजका ६१ जना विद्यार्थी सहभागी भएका छन ।
विश्वविद्यालयले यही टेष्ट लिएपछि विद्यार्थीको थप आकर्षण बढेको कलेजका प्रिन्सिपल वाई बी पौडेलले बताए ।
नागासाकी इन्टरनेशनल युनिभर्सिटीले व्याजलर इन इन्टरनेशनल टुरिजम (चार बर्षै कोर्ष) जापनिज मिडियमका लागि नेपालमै जापनिज भाषा पढेर एन फो लेभल भएकालाई सहभागी गराएको सेन्ट्रल प्रिन्सिपल पौडेलले जानकारी दिए । उनका अनुसार यसरी व्याचलर पढ्न सिधै जापान जान टेष्ट दिएको यो दोस्रो पटक हो । यसअघि पनि अप्रिल इन्टेक २०२४ का लागि सेन्ट्रल कलेजले ४० जना विद्यार्थीलाई सोही युनिभर्सिटीमा सोही प्रोगामका लागि पठाइसकेको उनले जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।
जापानमा ब्याचलर पढ्न टेष्ट नेपालमै भएपछि सेन्ट्रल कलेजमा बढ्यो बिद्यार्थीको आकर्षण
जापानमा ब्याचलर पढ्न टेष्ट नेपालमै भएपछि सेन्ट्रल कलेजमा बढ्यो बिद्यार्थीको आकर्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु