चितवन । रोजगारीको क्रममा एकदशक अघि जापान होमिएका चितवनका एक युुवा कृष्णमणी पौडेलले फर्किएर जापानीज रेष्टुरेण्ट ‘याप्पारी स्टिक’ सञ्चालनमा ल्याएका छन ।
करीब १० महिनाअघि भरतपुर महानगरपालिका वडा नम्बर १० स्याउलीबजारमा पहिलो शाखा सञ्चालन गरेका उनले सोही वडाकै पुरानो मेडिकल कलेज अगाडी दोस्रो शाखा सञ्चालन गरेका हुन् ।
१ करोडको एकल लगानीमा सञ्चालित दोस्रो शाखाको सोमबार देखि औपचारिक रुपमा सञ्चालन ल्याईएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । रेष्टुरेण्टको पहिलो शाखा सञ्चालन भएको छोटोसमयमै ग्राहकको मन जित्न सफल भएकोले दोस्रो शाखा सञ्चालनमा ल्याईएको उनको भनाई छ । ‘ पहिलो शाखा खोलेको केही दिनबाटै ग्राहकको भीड राम्रै भयो, उनले भने, ग्राहकको माग र आवश्यकता अनुसारनै दोस्रो शाखा खोलेको हो ।’ रेष्टुरेण्टमा जापानबाट ल्याईएको लाभाबाट निस्किएको ढुंगाबाट पकाएको मासुका परिकार बनाईने हुनाले ग्राहकको आकर्षण बढेको उनको भनाई छ ।
जापानिज सहित , नेपाली, चाइजिन, इण्डियन लगायत बिहानको ब्रेकफाष्ट, लन्च ,डिनर लगायतको सबै सुबिधा रहेको पौडेलले जानकारी दिए । ’यहांँको मुख्य आकर्षण भनेको ढुंगाबाट पकाएको, पोलेको मासुको परिकारनै हो । यसले एकत मासु टेष्टि, बनाउंँछ र खाईन्जेलसम्म एउटै तापक्रम बनाउंँछ। तेलरहित र स्वस्थ पनि हुन्छ । उनले भने, अन्य परिकार भनेको ग्राहकको रोजाई अनुसारका स्वदेशी तथा विदेशी परिकारनै हुन् ।’
भरतपुरको केन्द्रमै रहेको यो रेष्टुरेण्टमा बिशेषगरी दुई ठुला मेडिकल कलेजका चिकित्स, नर्स तथा अन्य व्यवसायी तथा नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको उनले बताए ।
याप्परीको नेपालमा पहिलो शाखा चितवनमै खोलिएको र दोस्रो शाखापनि यहीं खोलिएको भन्दै उनले काठमाडौं लगायत अन्य ठाउंँ थप शाखा विस्तार गर्न लागिएको बताए । जापानमा रहंँदाको लामो अनुभव र आत्मविश्वासबाटनै नेपालमा शाखा विस्तार सफल भएको उनको भनाई छ ।
एकैपटक सयजना भन्दा बढीलाई सेवा दिने क्षमता रहेको दोस्रो शाखामा हाल ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने पहिलो शाखामा ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । रेष्टुरेण्ट सञ्चालन आएसंँगै परिकारमा तीन दिनको लागि १० प्रतिशत छुट गरिएको छ ।