हेटौँडा । वाग्मती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले बुधवार दलको नेताबाट राजिनामा दिएका छन् ।
पौडेलको राजिनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।
प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजिनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु