चितवन । चितवनको खैरहनीमा तेस्रो कठार फुड फेष्टिबल शुरु भएको छ । सौराहा छिमेकी पालिका पर्ने उक्त नगरपालिकामा सौराहाको पर्यटन संँग जोड्न तेस्रो कठार फुड फेष्टिबल आयोजना गरिएको हो ।
फेष्टिबलको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ (जेएन) थपलियाले उद्धघाटन गरेका हुन् । उद्धघाटनपछि बोल्दै थपलियाले सौराहाको पर्यटनसंँग कठारको ग्रामीण पर्यटनलाई जोड्दा चितवनको पर्यटन विस्तारमा मदत पुग्ने बताए ।
उनले सौराहाको नजिकै रहेको यो ठाउंँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । ‘कठार शहरी क्षेत्रबाट केही टाढा भएपनि यसको आफ्नै पहिचान र बिशेषता छ , उनले भने, यस ठाउंँलाई होमस्टे तथा जीप सफारीबाट पर्यटन प्रर्वद्र्धन गर्न सकिन्छ ।’
यो ठाउंँ कृषि तथा विभिन्न आदिवासीको थलो भएकोले पर्यटकलाई विभिन्न कला संस्कृति मार्फत पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए । ‘यो कृषि, विभिन्न जातजातिको थलो मात्र होइन यो एउटा अर्चना बाबाको दिव्य भुमि पनि हो,।’ थपलियाले भने । पर्यटनले आर्थिक गतिविधि चलायमान हुनुको साथै आयआर्जनमा टेवा पुगी रोजगारीमा समेत बृद्धि हुने उनको भनाई थियो ।
कठार पर्यटन विकास समितिका अध्यक्ष लीलाराज गुरूङले नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धनका गतिविधिअन्तर्गत फुड फेस्टिबल आयोजना गरिएको बताए । उनका अनुसार फुड फेस्टिबलमा २० वटा स्टल रहेका छन् । यहाँ थारु कलाकार अनु चौधरीलगायत विभिन्न कलाकारले प्रस्तुति दिने उनले जानकारी दिए ।
फुड फेस्टिबलको पूर्वसन्ध्यामा आयोजित साइकल रेस प्रतियोगिता विजेतालाई शुक्रबार पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा शारदानगरका हेमचन्द्र गुरूङ प्रथम, कृष्ण घिमिरे द्वितीय र प्रविन मगर तृतीय भएका थिए ।
उद्घाटन अघि विभिन्न जातजातिको भेषभूषा र संस्कृति झल्कने झाँकीसहितको ¥याली निकालिएको थियो । फेष्टिबल बैशाख २ गतेसम्म चल्नेछ ।