चितवन । त्रिशुली दुर्घटनाबाट मृत्यु भएका पांँचजनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका वडा नम्बर ७ का ३५ बर्षीय अर्जुन शिर्मल , सोही ठाउंँकी ४१ की हरिमायां रोकाय , ७० बर्षीय जुनकिरी रोकाय , अन्जना रोकाय र अन्दाजीं.बर्ष ९ बर्षीय बालक आगमन नगरकोटी रहेका छन । अर्का १८ बर्षीय दिवश रोकाया फेला नपरेको प्रहरीले जनाएको छ ।
आज बिहान सवा ७ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाण्डौबाट गोरखा आई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खसेको थियो । ईलाका .प्रहरी कार्यालय.मुग्लिंगबाट १५ जनाको प्रहरी टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोलीले खोजतलासको क्रममा घटनास्थलमै पांँचजना मृत्युु भेटिएका हुन् ।