चितवन । आज निशेधाज्ञा अवज्ञा गर्ने ७७ वटा जोर सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार सबैभनदा बढी दुईपांँग्रे सवारी र कम ठूला विजोर अंकका सवारी साधन रहेका छन । जसअनुसार आज ट्राफिक प्रहरीले ४६ वटा मोटरसाइकल, तीनपांँग्रे सवारीसाधन १६ वटा , अन्य साना सवारीसाधन ११ वटा र ठूला ४ वटा सवारीसाधन कारवाहीमा परेका हुन् । कार्यालयका प्रमुख भगवानराज थापाले संक्रमणदर बढ्दै जाने क्रममा जोरविजोर प्रणालीमा थप कडाई गर्दै लगिएको बताए ।
बिशेषगरी सार्वजनिक यातायातले निशेधाज्ञाको अवज्ञा र संक्रमणको जोखिम पनि सार्वजनिक यातायातमै भएको प्रशासनको आदेश अनुसार कारवाही गर्दै आएको थापाको भनाई छ । निशेधाज्ञा अवज्ञा गर्ने त्यस्ता सवारीसाधनबाट ट्राफिक प्रहरीले न्यूनतमा पांँचसयदेखि दुईहजारसम्म जरिवाना गर्ने गरेको छ । आईतबार ट्राफिक प्रहरीले सबै सवारीसाधन गरी १०९ वटा कारवाहीमा परेका थिए ।