रत्ननगर । कालिका नगरपालिका अन्तर्गतको कयरखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
आज बिहान खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कालिका नगरपालिका पठाएको हो ।
ईलाका प्रहरी कार्यालय, रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानामगरले बिहान ८ बजे र दिउसो ३ बजेको समयमा उत्खनन गरी ओसारपसारमा प्रयोग गरिरहेको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिए । उक्त ट्याक्टरलाई आवश्यक कारवाहीको लागि नगरपालिका कार्यालय पठाईएको छ । ६ महिनाभित्र मात्र इलाका प्रहरी कार्यालयको नेतृत्वमा गएको प्रहरी टोलीले पूर्वी चितवनका विभिन्न क्षेत्रका अवैध नदी उत्खनन गर्ने ३८ वटा ट्याक्टरलाई कारवाही गरिसकिएको रानाले बताए । ती ट्याक्टरबाट मात्रै सांँढे ४ लाख रुपैयाां जरीवाना असुल गराईएको कार्यालयले जनाएको छ ।
अवैध रुपमा कयरखोलामा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा
अवैध रुपमा कयरखोलामा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु