चितवन ।एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, चितवनले कन्क्लेभलाई सफल बनाउन तयारी तिव्र पारिएको छ । कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्सपर्ट चितवनले आह्वान गरेको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ ।
त्यसैले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने भएकाले सबैलाई कार्यक्रममा सहभागि हुन एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आह्वान गरे । ‘यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको बारेमा बुझ्नु नै हुनेछ, त्यसका अलवा विद्यार्थी तथा अभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमा पनि बुझ्न पाउनु हुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमा आह्वान गर्दछु ।’
एक्सपर्ट केही महिना पहिले क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर गरि सकेको छ । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।