काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ जना केन्द्रीय सदस्य थप गर्ने भएको छ । आइतबार सकिएकाे केन्द्रीय कमिटी बैठकले २२ जना सदस्य थप गर्ने निर्णय गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य कुमार पौडलले जानकारी दिए ।
उनका अनुसार त्यसबारे अन्य निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटी बैठकलाई दिइएको छ । केही नेताहरू एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । उनीहरूको ठाउँमा सदस्यहरु राख्न लागिएको उनले बताए ।
त्यस्तै बैठकले केन्द्रीय सदस्य कमल चौलागाईंलाई पार्टीबाट हटाउने निर्णय गरेको छ । उनी पनि एमाले प्रवेश गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु