चितवन । चितवनमा जोर विजोर प्रणालीमा कडाई गर्दै लगिएपनि कारवाही गर्ने सवारी साधनको संख्यामा भने कमी आउन सकेको छैन । आज जिल्लाका विभिन्न ठाउंँबाट निशेधाज्ञा अवज्ञा गर्ने १०९ वटा जोर सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी दुईपांँग्रे सवारी र कम ठूला जोर अंकका सवारी साधन रहेका छन ।
जसअनुसार आज ट्राफिक प्रहरीले ६३ वटा मोटरसाइकल, तीनपांँग्रे सवारीसाधन २२ वटा , अन्य साना सवारीसाधन १४ वटा र ठूला १० वटा सवारीसाधन कारवाहीमा परेका हुन् । कार्यालयका प्रमुख भगवानराज थापाले संक्रमणदर बढ्दै जाने क्रममा जोरविजोर प्रणालीमा थप कडाई गर्दै लगिएकोले कारवाहीको संख्यामा पनि बृद्धि भएको बताए ।
बिशेषगरी सार्वजनिक यातायातले निशेधाज्ञाको अवज्ञा र संक्रमणको जोखिम पनि सार्वजनिक यातायातमै भएको प्रशासनको आदेश अनुसार कारवाही गर्दै आएको थापाको भनाई छ । निशेधाज्ञा अवज्ञा गर्ने त्यस्ता सवारीसाधनबाट ट्राफिक प्रहरीले न्यूनतमा पांँचसयदेखि दुईहजारसम्म जरिवाना गर्ने गरेको छ । शनिबार ट्राफिक प्रहरीले सबै सवारीसाधन गरी ८४ वटा कारवाहीमा परेका थिए ।