चितवन ।नारायणी पब्लिक कलेज साइन्स एन्ड टेक क्लबको आयोजनामा बिहीबार कलेज परिसरमा हाजिरजवाफ तथा रोवट सोडाउन कार्यक्रम सम्पन्न भएको छ । कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई चितवनका प्रमुख भुमिलाल सुवेदी प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रमको निर्णायकहरुमा डा. अरुण कुमार शाह, ई. मनोज सापकोटा, ई. दामोदर भण्डारी रहनु भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा नारायणी नमुना मावि प्रथम, अर्किड स्कुल द्धितीय र एपेक्स एकेडेमी तृतीय भएको छ ।
यसैगरी रोर्बट सोडाउन कार्यक्रममा अरोमा स्कुल प्रथम, प्रेरणा स्कुल द्धितीय र मिलेनीयम मोडल कलेज तृतीय भएको छ । नारायणी पब्लिक कलेज साइन्स एन्ड टेक क्लबका अध्यक्ष सुमित अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्लसटु को-अडिनेटर जनकराज घिमिरेले सहजीकरण गर्नु भएको कार्यक्रममा विद्यालयका निर्देशक अनिता खनाल, एकेडेमिक इन्चार्ज प्रकाश सिग्देल, एडमिनिस्टेटिभ हेड दिपक ढुंगाना लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष सुमित अधिकारीको अध्यक्षतामा गठित क्लबमा २५ जना सदस्य रहेका छन् । रोबर्ट सो डाउन कार्यक्रममा साइन्स सन्कायका विद्यार्थीहरुले र हाजिरीजवाफ कार्यक्रममा कानुन संकायका विद्यार्थीहरुले सहजीकरण गरेका थिए ।