चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रर्वद्धन गर्ने उद्धेश्यसहित साइकल ¥याली निकालिने भएको छ ।
साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा ‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल ¥याली निकालिन लागेको हो ।
यही फागुन २५ गते् हुने कार्यक्रम उद्योग वाणिज्य संघ, चितवनको परिसरबाट बिहान ७ बजे सुरु हुनेछ । साइकल ¥याली नारायणगढ बजार परिक्रमा गर्दै बेलचोक–सानो गढी–गाँजीपुर–गोलाघाट–चितवन राष्ट्रिय निकुञ्ज, कसरा–जगतपुर–अम्ब्रेला स्ट्रिट, पटिहानी–छितामाई थान–बफरजोन हुँदै सौराहामा सम्पन्न हुने एमटिबी बगले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन एक हजार ५०० रुपैयाँ लाग्ने छ । त्यस रकमलाई खाना बस्न लगायतको व्यवस्था गरिने आयोजकले जनाएको छ । धेरै भन्दा धेरै सहभागीताका लागि आह्वान समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु