चितवन । चितवन जिल्ला बार एशोसियसनले विविध कार्यक्रम गरी जिल्ला ईकाई स्थापनाको स्वर्णमहोत्सव मनाउने भएको छ । एशोसियनले ५० बर्ष पार गरेको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन लागेको हो । आज एशोसयशनले भरतपुरमा पत्रकार सम्मेलन गरी ४० दिन अविधभरको कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन र चार बजे स्र्वण महोत्सव शुभारम्भ , पुष्पवाटिका स्थापना र दिपावली कार्यक्रम गरेको छ ।
यस्तै फागुन ११ गते चितवनकै सात पालिकामा कानुनी सचेतना कार्यक्रम , फागुन १९ गते बार भवनमा बारको भूमिका र आचारसंहिता गोष्ठी, फागुन २४ गते जिल्ला अदालत परिषरमा अदालत र बार बीच मैत्री पुर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादनमा प्रहरी, सरकारी वकिल, निकुञ्ज , मालपोत , सञ्चारकर्मी र प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका बिषयक कार्यक्रम राखिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।
यस्तै चैत्र ९ गते देवघाट स्थित रामजानकी र भरतपुरको मानव सेवा आश्रममा भोजन वितरण, चैत्र १६ गते रक्तदान कार्यक्रम, १९ गते बेलुका बार परिषरमा दिपावली कार्यक्रम र चैत्र २० गते अन्तिम दिन सर्वोच्च अदालतका न्यायधिशको प्रमुख आतिथ्यतामा स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, पुरस्कार तथा प्रशंसा वितरण कार्यक्रम गरी समापन गरिनेछ ।
सो अवसरमा बोल्दै एशोसियनका अध्यक्ष खगराज पण्डितले स्वर्ण महोत्सव ५० दिन अघि मनाउने योजना भएपनि बिशेष कारण बश ४० दिनसम्म मनाउन लागिएको बताउनु भयो । स्वर्णमहोत्सवलाई प्रभावकारी रुपमा मनाउन अन्य कार्यक्रम थप गरिने समेत उहांँले बताउनु भयो । पत्रकार सम्मेलनमा बारका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य तथा वर्तमान कार्यसमिति लगायतको सहभागिता रहेको थियो ।
चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो ।