चितवन । विश्वकर्मा समुदायको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यसहित मिष्टर एण्ड मिस विश्वकर्मा प्रतियोगिता हुने भएको छ । बिब्रोस इन्टरटेनमेण्ट र विश्वकर्मा समाज समिति चितवनको संयुक्त आयोजनामा प्रदेश स्तरीय उक्त प्रतियोगिता हुन लागेको हो । आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
बिब्रोसका अध्यक्ष संजीव विश्वकर्माले युवायुवतीको क्षमता अभिवृद्धि तथा क्षमता प्रस्फुटन गराउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहांंँका अनुसार बाग्मती प्रदेशका १६ बर्षदेखि २९ बर्षका अविवाहित युवायुवतीलाई अनलाईन मार्फत आवेदन माग गरिनेछ । १५÷१५ जना युवायुवतीलाई चैत्र पांँच गते भरतपुरमा हुने फिनालेमा सहभागिता गराईने विश्वकर्माले बताउनु भयो ।
प्रतियोगिताले उनीहरुको व्यक्तित्व, नेतृत्व विकास हुनुका साथै बृत्तिविकासमा सहयोग पुग्ने उहांँको भनाई छ । विश्वकर्मा समाज समिति, चितवनका अध्यक्ष विपिन रामुदामुले विश्वकर्मा समुदायको जीवनस्तर, चेतनास्तर बृद्धि गर्न यो प्रतियोगिता फलदायी हुने बताउनुभयो । यस्ता प्रतियोगिताले विश्वकर्मा युवायुवतीहरुको लागि विभिन्न क्षेत्रमा अवसर प्राप्त हुने रामुदामुको भनाई छ । युवायुवतीलाई प्रतियोगितामा सहभागी गराउन १५ दिने तालिम समेत दिने आयोजकले जानकारी दिएको छ ।
यसअघि आयोजकले कोशी , गण्डकी , लुम्बिनी प्रदेशमा प्रतियागिता गरिसकेको छ । सबै प्रदेशबाट छनौट भएका प्रतियोगिता बीच काठमाडौंमा ग््रयाण्ड फिनाले गरिने र उत्कृष्ट प्रतियोगितालाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । बागमती प्रदेशको यो प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च हुने आयोजकको अनुमान छ ।