चितवन । समाजसेवी विष्णु अधिकारी र शोभा अधिकारीले ३६ औं वैवाहिक बार्षिकोत्सवका अवसरमा प्रेस चौतारी चितवनको भवननिर्माणका लागिआर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर घर भएका अधिकारीले प्रेस चौतारी चितवनको निर्माणाधीन भवनमा आएर १० हजार नगद चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गरेका हुन् ।
प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा बन्न लागेको प्रति खुसी भएको भन्दै अधिकारीले भवननिर्माणमा इट्टाथप्ने मात्रै प्रयास गरेको बताए । भरतपुर महानगरपालिका वडा नं. २ कापूर्व जनप्रतिनिधी समेत रहेका अधिकारीले भवननिर्माणमा सबैले सकेको सहयोग गर्दा पत्रकारहरुको सपना पूरा हुने बताए । भवन निर्माणमा आफूले पहिल्यैदेखि सहयोग गर्न चाहेको बताउँदै उनले सबैले आ आफ्नो ठाँउबाट सकेको सहयोग गर्न अपिल गरे ।
प्रेस चौतारी चितवनकाअध्यक्ष सुवास पण्डितले अधिकारी दम्पतीको वैवाहिकबार्षिकोत्सवको शुभकामना दिँदै चौतारीलाई सम्झिएर सहयोग गरेकोमा धन्यवाद दिए । उनले जन्मदिन तथा बैवाहिक बार्षिकोत्सवका अवसरमा समाजिक सेवामा सर्मपित भएर सहयोग गर्ने धेरै हातहरुबाट चौतारीको भवन निर्माणमा सहयोग पाएको बताए ।
चितवनको भरतपुर–११ बसेनीमानिर्माण हुँदै गरेको भवनको देशभरका सञ्चारकर्मीहरुकालागिओत लाग्ने छहारी हुने अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनको काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलासम्मको ढलान गरेर अहिले फिनिसिङ्गकामभैरहेको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरु रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।