चितवन । द आर्ट अफ लिभिङ चितवनले हुलाकचोक भरतपुरमा आफ्नो साधना केन्द्र सञ्चालनमा ल्याएको छ । नियमित रुपमा योग, ध्यान, सत्सङ्ग एवं साधना गर्ने उदेश्य सहित केन्द्र सञ्चालन ल्याईएको जिल्ला संयोजक भोज बहादुर खड्काले बताए ।
‘श्री श्री रबि शंकरद्वारा प्रतिपादित द आर्ट अफ लिभिङको शाखा बिश्वभरी फैलिएको छ चितवनमा पनि गुरुका अनुयायीहरु हुनुहुन्छ द आर्ट अफ लिभिङका विभिन्न कोर्सहरु बिगत देखिनै चलिरहेको छ तर नियमित रुपमा फलोअप गर्ने सेन्टरको अभाव थियो त्यो अभाव आजबाट पूरा भएको छ, संयोजक खड्काले भने, सेन्टर सन्चालन सङ्गै जिल्लामा रहेका डि सि सि, टिचर एवं भोलिन्टियरहरुको सक्रियता बढ्नेछ ।’
गुरुपुजा एवं सत्सङ्ग गर्दै औपचारिक रुपमा केन्द्र को शुभारम्भ गरिएको थियो । पुर्व डि सि सि शिलु सरवगीले गुरुपुजा गराएकी थिइन भने भजन को–अर्डिनेटर बिकास मरहठ्ठा र भोलिन्टियर सुरक्षा सापकोटाले सतसङ्ग गराएका थिए ।
कार्यक्रममा जिल्लामा रहेका डि सि सि, टिचर एवं भोलिन्टियरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।