चितवन । बालकुमारी माध्यमिक विद्यालय नाायणगढले विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाएको छ । विद्यालयले माघ १६ गते शहीदहरुको सम्झना र श्रद्धान्जली अर्पण गर्दै कार्यक्रम मनाएको हो ।
विद्यालयमा बिहान शहिदको स्काउट समुहद्धारा तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै स्काउट सलामी अर्पण गर्नुका साथै अन्य विद्यार्थी शिक्षक कर्मचारी हरुले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले जानकारी दिए । उक्त सन्दर्भमा विद्यालयका सहायक प्रधानाध्यापक मीना कुमारी पोख्रेलले शहीदहरुको योगदानको चर्चा गरेकी थिईन ।
यस्तै विद्यालयमा नर्सरी बालउद्यानमा खेल प्रर्दशन, कक्षा १ देखि ३ मा शहिदको योगदान र महत्ववारे भिजुवल प्रस्तुत, प्रोजेक्टर कक्षमा कक्षा ४ र ५ कक्षाका विद्यार्थीलाई शहीदको महत्व र योगदान बारे भिजुवल प्रस्तुती, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई शहीदको महत्व र योगदान बारेमा चर्चा गर्नुका साथै बक्तृत्वकला प्रतियोगिता गरिएको प्रधानाध्यापक सापकोटाले बताए । र ९ र १० का विद्यार्थीलाई पनि शहीदको महत्व र योगदान बारेको चर्चा गर्नुका साथै वत्तृत्वकला प्रतियोगिता गरि मनाईएको सापकोटाले बताए ।