चितवन । चितवनमा पशुअधिकारकर्मीद्धारा पशु कल्याणका लागि पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएको भन्दै पशुपंक्षीको अधिकार सुनिश्चित गर्न जोड दिएका छन । आज एनीमल नेपाल ग्रैहसरकारी संस्थाले भरतपुरमा अन्तरक्रिया गरी सरोकारवालको ध्यानाकर्षण गरेका हुन् ।
पशु सेवा ऐन २०५५ तथा पशु ढुवानी मापदण्ड २०६४ अनुसार कार्यान्वयनमा कमजोरी देखिएको भन्दै कार्यन्वयनमा जोड दिए ।
पशुअधिकारकर्मी तथा एनीमल नेपालका प्रतिनिधि रामचन्द्र आचार्यले रांँगाभैसी तथा कुखुरा ढुवानी गर्दा यातना दिईएको भन्दै पशुपंँछीको बांँच्न पाउने अधिकार सुनिश्चित गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । ‘पशुचौपाया ढुवानी गर्दा उनीहरुलाई सहज र सजिलो हुने तरीकाले पशुसेवा ऐन नियमावलीमा उल्लेख छ , तर अझैपनि यस बिषयमा सरोकारवाला नै वास्ता छ न सरकारलेनै कडाई गरेको छ । ’ उहांँले भन्नुभयो । पशुपंक्षी बध गरेर खानाको लागि प्रयोग गरेपनि पीडा र दुःख दिन नहुने उहांँको भनाई थियो । ‘हामी मानिसको सामान्य शल्यक्रिया र उपचार गर्दा त एनेस्थेसिया प्रयोग गर्छौ उहांँले भन्नु भयो, उनीहरुलाई पनि बेहोश बनाएर मात्र काटमार गर्दा पीडा कम हुन्छ ।’
अन्तरक्रियामा बोल्दै संस्थाकी अध्यक्ष सुलक्षण राणाले पछिल्लो समय यो नियतमा कमी भएपनि अझैपनि सुधार हुन नसकेको बताउनु भयो । ‘केही सुधार त भएको देखिएको छ , तर जति मापदण्ड कार्यान्वयन हुनुपने हो त्यो भएको देखिदैन ।’ उहांँले भन्नुभयो । बिशेषगरी चितवनमा कुखुरा फार्म, ढुवानी गर्दा क्षमता भन्दा बढी कुखुरा चल्ला ढुवानी गरिएको भन्दै सरोकारवालाई यस बिषयमा गम्भिर हुन आग्रह गर्नुभयो।
पशुकल्याण सम्बन्धी बिषयमा जनचेतनाको अभावका कारण पनि पशुपंक्षीले यातना पीडा भोग्नु परेको भन्दै उहांँले नेपालका मुख्य शहरमा सुविधासम्पन्न बधशाला भएमा पशुपंक्षीको कल्याणमा सहयोग पुग्ने बताउनु भयो । पशुपंक्षीमा अत्यधिक एन्टीबायोटिक को प्रयोगले मानव स्वास्थ्यमा समेत गम्भिर असर पुगेको भन्दै यसलार्ई न्यूनिकरण सबै सम्वेदनशील हुनुपर्नेमा उहांँको भनाई थियो । संस्थाले विगत चारबर्षदेखि चितवनमा घरपालुवा पशुपंक्षीको कल्याणका लागि काम गर्दै आएको छ ।