चितवन । यति एयरलाइृन्सले भरतपुर – काठमाडौं– पोखरा उडानको सेवा बन्द भएपछि गुण एयरलाइन्सले सेवा दिने भएको छ । सम्भवत आउंँदो भदौ १० देखि सेवा शुरु गरिने उडान कम्पनीको योजना रहेको छ । हाल कम्पनीले पहिले सञ्चालनमा आएको सिम्रिक एयरलाइन्सको काउण्टरबाट सेवा दिन सोही ठाउंँमा आफ्नो टिकट काउण्टर राख्ने तयारी गरिरहेको छ । कम्पनीका एक कर्मचारी कुलराज
शर्माले गुणएयरलाइन्सले भरतपुर -काठमाडौं सेवा शुरु गर्न लागेको जानकारी दिए । ‘अहिले हामी अफिस सेटअपको काममा अभ्यस्त छौं उनले भने निशेधज्ञा कडाई भएन भने भदौ १०गतेबाट सेवा शुरु गर्ने योजनामा छौं ।’
उनका अनुसार शुरुवाती क्षण एउटा उडानबाट सेवा शुरु गरिने र यात्रुको चाप र आवश्यकता अनुसार उडान संख्या थप्दै लगिने छ । गुण एयरलाइन्सको १८ सिटे र २९ सिटे जहाज सञ्चालनमा ल्याईने शर्माले जानकारी दिए । यति एयरलाईन्सले सेवा बन्द गरेपछि बुद्ध एयरले हाल भरतपुरबाट काठमाडौं ९ वटा उडान र पोखरा एउटा उडान भर्दै आएको छ ।