चितवन । चितवनको ९८ वटै वडामा चितवन कांँग्रेसले माघ १३ देखि समुदायमा कांँग्रेस अभियान सञ्चालन हुंँदैछ । । नेपाली कांग्रेको केन्द्रीय निर्णय अनुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुने भएको हो । माघ १३ गतेदेखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान देशभर सञ्चालन हुँदैछ ।
चितवनमा माघ १४ गते कांग्रेस केन्द्रीय प्रतिनिधि डा गोबिन्द पोख्रेलको उपस्थितीमा जिल्ला कार्यसमितिको विस्तारित बठैक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले जानकारी दिए ।
अभियानलाई सार्थक रूपमा सफल पार्न जिल्लास्थित पालिकाहरूको प्रत्येक वडाहरूमा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्ला स्तरका वर्तमान एवम् पूर्व नेतृत्वलाई वडा प्रतिनिधिको रुपमा खटाइने उनले बताए ।
यस अभियान अन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडाहरूमा खुल्ला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव संकलन गरिने छ । अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय लगायत जनसरोकारका कामकारवाहीहरुको अवलोकन र प्रयासको चर्चा गरिनेछ ।
नेपाली कांग्रेसलाई जनतासंग जोड्ने एवम् पार्टी र जनप्रतिनिधिको वीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापति लगायत ३ जना निर्वाचित वडा अध्यक्ष वा अध्यक्षको उम्मेदवार लागायत ३ जना र पार्टीका शुभेच्छुकहरू २ जान गरी जम्मा ८ जनाको संयन्त्र निर्माण गरिने उनले बताए । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजना समेत तय गरिने पोख्रेलको भनाई छ । समुदायमा कांग्रेस अभियान अन्तर्गत पार्टीका महामन्त्री गगनकुमार थापाले माघ १३ देखी २६ गते सम्म नागरिक संवाद यात्रा तय गरेका छन् ।