चितवन। सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेल चितवन जिल्ला फुटबल संघबाट सम्मानित हुनुभएको छ । बिगत लामो समयदेखि चितवन जिल्लाको फुटबल खेलको विकासमा पौडेलले खेलेको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको हो । मंगलबार चितवन जिल्ला एएफसि ‘सि’ कोचिङ कोर्सको समापन समारोहमा पौडेललाई संघको प्रमुख सल्लाहाकार समेत मनोनित गर्दै अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङले सम्मान गर्नुभएको थियो । सो अवसरमा उहाँले फुटबल खेलको विकासमा सेन्ट्रल कलेज र प्रिन्सिपल पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सेन्ट्रल कलेज जस्ता शैक्षिक संस्था रहेकोले चितवनमा फुलबल खेलका गतिविधि बढेको समेत बताउनु भयो ।
चितवनका हरेक फुटबल प्रतियोगितामा सेन्ट्रल कलेजको नाम जोडिने गरेको छ । कलेजले प्रतियोगिताको प्रयोजनसंगै जर्सी र फुटबल समेत खेलाडिहरुलाई सहयोग गर्दै आएको छ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले सेन्ट्रल कलेज र प्रिन्सिपल पौडेलसंग सहकार्य गर्न पाउनु गौरबको कुरा भएको बताउनुभयो । उहाँले कलेजले आगामी दिनमा पनि चितवनको खेल क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।
सेन्ट्रल कलेजले उच्च शिक्षामा अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडा, यूके, युएसए,साउथ कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । कलेजले विभिन्न देशका भाषा कक्षा संचालन गरिरहेको छ भने विद्यार्थीका लागि निःशुल्क बससेवा पनि प्रदान गर्दै आईरहेको छ ।