चितवन । सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका वडा नम्बर १० स्थित आधारभुत विद्यालय लोतन्तीका विपन्न विद्यार्थीलाई जुत्ता मोजा वितरण गरेको छ ।
आज भरतपुरमा एक कार्यक्रमका बीच स्पन्दन नेपालका सदस्यहरुले विद्यार्थीहरुलाई ६० जोर जुत्ता मोजा वितरण गर्नुभएको हो । जाडोको समयमा विद्यार्थीको पठनपाठनमा सहज र राहत होस भन्ने हेतुले जुत्ता मोजा वितरण गएको संंस्थाकी अध्यक्ष अनिता खनालले जानकारी दिनु भयो । विगतमा पनि संस्थाले यस्तै सामाजिक कार्य गरेको बताउंँदै खनालले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिदै जाने बताउनु भयो ।
संस्थाका निवर्तमान अध्यक्ष इन्दिरा भुषालले बालबालिकालाई जाडो बाट जोगिन जुत्ता मोजा वितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भिम बहादुर तामाङ ,विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश बहादुर चेपाङ लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन संस्थाकी सचिव विमला दाहाल गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सावित्री पौडेलले गर्नुभएको थियो ।
अनिता खनालले अध्यक्षता गर्नुभएको कार्यक्रममा सदस्यहरु बिमला घिमिले पार्वती गुरुङ, सावित्री शर्मा ,रिता सिग्देल, इन्द्रमाया श्रेष्ठ ,लक्ष्मी भुसाल,सल्लाहकार गोमा भट्टराई र रन्जु मैनाली लगायतको सहभागिता रहेको थियो