चितवन । भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई पुनः तीब्र बनाएको छ । गुनासो र उजुरीको आधारमा बजार अनुगमनलाई तिब्रता दिईएको भरतपुर महानगरापलिका उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनुभयो ।
सार्वजनिक सस्था (विशेषगरी विद्यालय र स्वास्थ्य कार्यालय) वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाईने विषयलाई थप प्रभावकारी बनाउन बुधबार भरतपुर महानगरपालिकाले भरतपुर १ पोखरावसपार्क स्थित आदिकवि भानु मावि, रामनगर स्थित रामनगर मावि र भरतपुर २९ स्थित जुगेडी माविको वरपर अनुगनम गरेको हो ।
अनुगमनको क्रममा विद्यालय क्षेत्रमा सुर्र्तीजन्य पदार्थ विक्री वितरण गर्ने गरेको पाईएकोले चुरोट, सुर्ती भोला गुट््खा जफत गरी नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिनु भयो ।
यसैगरी बुधबार नै भरतपुर महानगरपालिकाको अनुगमन टोलीले लायन्सचोक स्थित मासु पसलमा पनि अनुगमन गरेको छ । ति मासु पसलमा असुरक्षित तथा खुल्ला रुपमा मासु विक्री वितरण गरेको पाईएकोले सरसफाई सहित धुलोले असर नगर्ने गरि व्यवस्थित रुपमा पसल संचालन गर्न निर्देशन सहित पसल बन्द गराएको छ ।
पछिल्लो समय भरतपुर महानगरपालिकाले सार्वजनिक सस्थाहरुको वरपर सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमन केन्द्रित गरेको जानकारी दिँदै सापकोटाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को कार्यान्वयनको क्रममा भरतपुर महानगरपालिका भित्र रहेका सार्वजनिक सस्थाहरुमा सुर्तीजन्य पदार्थ सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको बताउनु भयो ।
सार्वजनिक सस्थाको एक सय मिटर वरपर र गर्भवती तथा १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाइने भरतपुर महानगरपालिकाले सार्वजनिक सूचना समेत यसघि गरिसकेको छ ।
अनुगमनका क्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य एवं बजार अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेल, सदस्य गोपाल दराई, भरतपुर १ वडाध्यक्ष केशव महर्जन, जनस्वास्थ्य अधिकृत केशव भट्ट, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सुनिल लम्साल लगायतको सहभागिता रहेको थियो ।