काठमाडौँ । पोल्ट्री क्षेत्रको विकास र प्रवर्द्धनका लागि योगदान पु¥याएको भन्दै राससकर्मी नारायण अधिकारी र नारायण ढुङ्गानालाई आज काठमाडौँमा सम्मान गरिएको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घको १७औँ साधारणसभा तथा अधिवेशनका क्रममा उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले उहाँहरुलाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभयो ।
पत्रकार महासङ्घ चितवनका अध्यक्ष अधिकारी रासस चितवनका प्रमुख हुनुहुन्छ भने ढुङ्गाना काठमाडौँबाट राससमा रिपोटिङ गर्दै आउनुभएको छ । सो क्रममा अर्का पत्रकार मधुसुदन गुरागाईंलाई पनि सम्मान गरिएको थियो ।
सो क्रममा पोल्ट्री जन्य उत्पादनमा अब्बब अविनास ह्याचरी तथा नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।
सचिव पौडेलले पोल्ट्री क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको र त्यसका लागि आवश्यक समन्वयको खाँचो औँल्याउनुभयो । मन्त्रालयका सहसचिव सूर्य पौडेलले बाहिर कुरा गर्नभन्दा सँगै बसेर यस क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले नेपालका कुखुरा व्यवसायीमा उत्पादन लागत बढ्दा समस्या रहेको बताउँदै समस्या समाधानका लागि राज्य तयार रहेको बताउनुभयो । उहाँले ह्याचरी उद्योग घट्नु दुःखद् भएको बताउनुभयो ।
नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष ऋषिराम पौडेलले नेपालमा कुखुरा व्यवसाय विगत चार वर्षदेखि ओरालो लाग्दै आएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले एक सय ६० अर्ब लगानी रहेको र गार्हस्थ उत्पादनमा ३ दशमलव ५ प्रतिशत योगदान पु¥याएको पोल्ट्री क्षेत्रमा पाँच लाख रोजगारी सृजना भएको बताउनुभयो । उहाँले अहिले यस क्षेत्र प्रभावित भएको र तीन सय ४४ सदस्य रहेको ह्याचरी उद्योगमा घटेर एक सय २१ मा झर्नु दुःखद् पक्ष भएको बताउनुभयो । उहाँले कुखुरा व्यवसायलाई धरासायी हुन नदिन सरकारसँग अनुरोध गर्नुभयो ।
नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द विष्टले पोल्ट्री क्षेत्रको विकास र समस्या समाधानमा सरकारले खास काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले पोल्ट्री बोर्ड बनाउने कुरा ओझेलमा परेको उल्लेख गर्दै उहाँले त्यसका लागि बनेको निर्देशक समितिलाई क्रियाशील बनाउन सरकारसँग माग गर्नुभयो ।