चितवन । भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजमा रहेको बोस्टन सेन्टर फर ईन्फरमेशन एन्ड टेक्नोलोजी क्लबले आयोजना गरेको बीआईसी ह्याकाथन भर्जन ३.० प्रतियोगितामा पश्चिमाञ्चल कलेज प्रथम भएको छ ।
प्रतियोगितामा युनाइटेड टेक्निकल कलेज दोस्रो र बोस्टन इन्टरनेशनल कलेज तेस्रो भयो भने फोर्ब्स कलेज उत्कृष्ट हुन गर्न सफल भएको कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ३५, २५, १५ हजार रुपैयाँ पुरस्कार, रनिङ्ग सिल्ड र प्रमाणपत्र पाएका छन् । यसका साथै एक उत्कृष्ट टोलीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्राविधिक कौशलता, व्यत्तित्व विकास गर्नुका साथै संस्कृतिको संर्वद्धनका साथै प्राविधिक कम्पनीहरुको विकासमा यस कार्यक्रमले ठूलो मद्दत पुर्याउने अध्यक्ष चन्दको भनाई छ ।
पुस ४ गतेदेखि पुस ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा निरन्तर ४८ घण्टासम्म प्रतियोगिता सञ्चालन भएको थियो । ह्याकाथन कार्यक्रममा १६ वटा टिमहरु सहभागी रहेका थिए।
प्रतियोगितामा अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, पश्चिमान्चल क्याम्पस, बालकुमारी कलेज, लुम्बिनी आइसीटी क्याम्पस, प्रेसिडेन्टल विजनेस स्कुल, फोर्व्स कलेज, युनाइटेड टेक्निकल कलेज, क्रिमसन कलेज अफ टेक्नोलोजी, अर्किड कलेज, बाल्मिकी शिक्षा सदन, अङ्कुराम एकेडेमी, सैनिक आवासिय महाविद्यालय, स्काई राईडर सेकेन्डरी र अरोमा कलेजले सहभागिता जनाएका हुन् ।
पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, विकास अनुसन्धान लगायतका विषयहरुमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा अनिल थपलिया, इन्द्र प्रसाद शर्मा, चिरन्जिवी अधिकारी रहेका थिए ।