चितवन । चितवनमा विद्यार्थीलाई लक्षित गदै जीवनपयोगी व्यवहारिक ज्ञान सहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका –१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलबार भरतपुरमा पहिलो पिबीएल (प्रोजेक्ट बेस लर्निङ) मेला–२०२३ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैदान्तिक शिक्षा संँगै जीवनपयोगी , व्यवहारिक र नवप्रर्वद्धन संँग जोडिने खालका सिर्जनाहरु मेलामा प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नदिई उनीहरुको जीवनका लागि चाहिने आधारभुत जीवनपयोगी ज्ञान दिन यो शैक्षिक मेला आयोजना गरिएको जानकारी दिनुभयो । ‘यसमेलापछि विद्यार्थीले सीप संंस्कार, जीवन र जीविकाबारे र उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन उक्त मेलाको आयोजना गरेका हांैं ,ताकि विद्यार्थीले भोलिका दिनमा कुनै पनि व्यवहारिक तथा नवप्रर्वद्धन तथा व्यवसाय गरेर आफूलाई अगाडि बढाउन सकुन ।’ कार्कीले भनिन ।
मेलामा विद्यार्थीहरुले ८४ वटा चुनिएका सिकाई र सिर्जनाहरुलाई प्रर्दशनमा राखिनेछ । अभिभावक, शैक्षिक सरोकारवाला लगायत अवलोकन कर्ता रहने मेलामा विद्यार्थीले आफ्ना उत्पादन र सिर्जनाहरुलाई मेलामा बिक्री गरेर आम्दानी गर्न समेत सकिने कार्र्कीले जानकारी दिइन ।
मेलामा विद्यार्थीले दुनाटपरी, बटारिएको धुप, चित्रकला, खानाका परिकार, लगायत विज्ञान प्रविधिका स्टल रहनेछन ।
अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि जीवनपयोगी र व्यवहारिक शिक्षाको अपरिहार्य हुन्छ भन्ने प्रेरणा दिन मेलाको आयाजना गरिएको स्कुलले जानकारी दिएको छ ।
यो मेला अन्र्तराष्ट्रिय अभ्यास अन्तर्गत अमेरिकन मनोबैज्ञानिक डा. होवर्ड गार्नरद्धारा प्रतिपादित थेअरी ‘अफ मल्टिपल ईन्टेलिजेन्स’मा आधारित अभ्यास हो । जहांँ विद्यार्थीको क्षमता , रुची, लगाव अनुसारको बुद्धिमताको पहिचान गरी उक्त क्षेत्रमा अभ्यास गराईने गरिन्छ ।