चितवन । नेपाली कांँग्रेस चितवनले स्थानीय जनप्रतिनिधि संँग समन्वय गर्न उच्चस्तरीय समिति निर्माण गरेको छ । उपसभापति राजीव न्यौपाने संयोजक रहेको समितिको सदस्यहरुमा नवीनराज पौडेल र ज्ञानेन्द्र कार्र्की रहनुभएको छ ।
चितवनको कांँग्रेसको गत भदौमा सम्पन्न प्रथम सम्मेलनको राजनीति प्रतिवेदनको बुंँदा नम्बर १.११ को निर्णय पारित गरे बमोजिम समिति निर्माण गरिएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
पार्टीको आश्विन ८ गते बसेको बैठकको निर्णय अनुसार नेपाली कांँग्रेस चितवनका नगर, प्रदेश र क्षेत्रीय कार्यसमिति परामर्श गरी समिति गठन गरिएको खनालले बताउनु भयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु