चितवन । ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले चितवनमा सेवा शुभारम्भ गरेको छ । आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरी चितवन जिल्लामा सेवा शुरु गरिएको जानकारी दिएको हो । कम्पनीले बिशेषगरी घरायसी सेवाग्राहीलाई लक्षित गरी सेवा शुरु गरिएको जनाएको छ ।
कार्यक्रममा कम्पनी प्रमुख प्राविधिक अधिकृत सुजित पौडेलले तीन चार महिनाको सफल परीक्षण पश्चात औपचारिक सेवा शुरु गरिएको बताए । ‘यो सेवा बिशेषगरी घरायसी , विद्यार्थी र न्यून आय भएका वर्गका लागि लक्षित गरेका छौं, उनले भने, हाम्रो अर्को उद्धेश्य नेपालमा बढी भन्दा बढीलाई ईन्टरनेटको पहुंँचमा पनि पुरयाउनु हो ।
कम्पनीले हाल देशका ४२ जिल्लाका मुख्य सेवा शुरु गरिसकिएको र गुणस्तरीय सेवा दिइरहेको दाबी गरेको छ ।
कम्पनीले हाल देशका तराईका जिल्ला, मुख्य शहर, र साना शहरहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले बताएको छ । कम्पनीले हाल ईन्टरनेट सेवामा मात्र केन्द्रित गरेको छ । ‘हामीले अहिले ५० एमबीपिएस क्षमताको बार्षिक ६हजार २१५ रुपैंया र ८० एमविपीएस क्षमताको ८४७५ रुपैंया रेट राखेका छौं उनले भने, यो शुल्क नेपालमा संभवत कुनै आइएसपीको छैन ।’ कम्पनीले यो अफरमा एउटा घरमा ४ जना सम्मले कुनै अवरोध विना ईन्टरनेट चलाउन सकिने समेत बताएको छ ।
कम्पनीले बार्षिक ग्राहक बन्नेलाई यही शुल्कमा थप एक महिना बोनस र निशुल्क राउटर दिनेसमेत बताएको छ । हाल यो शुल्कमा इन्टरनेट टेलिभिजन सेवा नदिएको र आफ्नो फाईबर अप्टिकल नभएको स्थानमा अन्य आइएसपीसंँग सहकार्य गरी सेवा दिनेसमेत कम्पनीको भनाई छ ।
चितवनमा शुरु सेवा भईसकेको र जडान कार्य तीब्र रुपमा भईरहेको चितवन युनिट ईन्चार्ज संगम परियारले जानकारी दिए । ‘हामीले अहिले चितवनको मुख्य शहर नारायणगढ र भरतपुरमा सेवा दिईसकेका छौं, परियारले भने, अब जिल्लाका साना शहर र ग्रामीण क्षेत्रमा समेत सेवा दिने तयारीमा छौं ।’