चितवन ।चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृतकहरु मध्ये चितवनका दुई जना, नवलपरासीको एक जना, बर्दियाको एक जना र अर्घाखाँचीको एक जना रहेको कार्यालयले जनाएको छ ।त्यसैगरी चितवनका अस्पतालहरुमा कोरोनाका गम्भीर बिरामीको संख्या बढ्दै गएको पाईएको छ ।
अस्पतालमा हाल २५३ जना बिरामीले उपचार गराइरहेका छन् । तीमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ३९ जना, एचडीयूमा ४६ जना र जेनरल बेडमा १०२ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २५ जना कोरोनाका बिरामी डिस्चार्ज भएको पनि कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु