चितवन । चितवनका एक आर्युवेदी व्यवसायीलाई २५ लाख रुपैंया मागेर अपहरण गरी ज्यान मार्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन । आज चितवन प्रहरीले कार्यालय परिषरमै पत्रकार सम्मेलन गरेर धम्की दिने व्यक्तिलाई सार्वजनिक गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २का भरतपुर महानगरपालिका वडा नम्बर ९ बस्ने ५५ बर्षीय रामचन्द्र थापालाई पक्राउ गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले ठूलो प्रयासपछि उक्त व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । पण्डितका अनुसार भरतपुर महानगरपालिका वडा कात्तिक ८ गते सांँझ नम्बर १ का धनन्वतरी आर्युवेद क्लिनिक सञ्चालक सोमबार सोमराज सुबेदीलाई मोबाइलबाट हिन्दी भाषाबाट फोन गरी २५ लाख फिरौती रकम मागेर नदिए सुबेदीका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएका थिए ।
फिरौती र अपहरणको धम्की दिने बित्तिकै सुबेदीले प्रहरी समक्ष घटना विवरणको बारेमा तत्काल जानकारी गरेका थिए । प्रहरीको योजना बमोजिम अभियुक्तलाई पैसा दिने प्रलोभन देखाएर कात्तिक १३ गते सोमबार सांँझ ५ बजेर ४० मिनेट जांँदा भरतपुरबाट पक्रन सफल भएको थियो ।
थापा यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेर पटक पटक जेल बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी २०६६ सालमा चोरी कसुर, सोही बर्षनै हतियार देखाई डांँका कसुर , २०७३ सालमा लागुऔषध कसुर, २०७५ सालमा डांँका कसुर गरी जेल सजायंँ भोग्दै आएका थिए । डांँका मुद्धामा ९ बर्ष जेल सजाय तोकिएका थापा ५० प्रतिशत जेलसजाय भुक्तान गरी गत जेठ २ गते गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए ।
उनलाई म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पीडित सुबेदी उक्त व्यक्तिको परिवार बर्षौंदेखि आफ्नो क्लिनिकमा उपचार गर्न आईरहने र परिवार अन्य गतिविधिको जानकार थिए । फरक नम्बरबाट हिन्दी भाषाको प्रयोग गरेका थापालाई पक्राउ अघि चिन्न नसकेको पत्रकार सम्मेलनमा बताएका थिए ।