काठमाडौँ। काठमाडौँ उपत्यकामा आगामी भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी राति ८ बजेबाट अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी निषेधाज्ञा थप गरेका हुन् ।
सबै प्रकारका सभा, सम्मेलन, खुला स्थानमा भेला हुने, भिडभाड हुने र केही क्षेत्र खोल्न नपाइने गरी निषेधाज्ञा थप भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु