चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रचार , प्रसार र प्रवद्र्धन गर्ने उदेश्यले उद्योग वाणिज्य संघ चितवनको टोली भ्रमणमा निस्किएको छ । उवासंघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठको नेतृत्वमा आइतबार नारायणगढवाट निस्किएको उक्त टोलीले देशका विभिन्न जिल्ला स्थित जिल्ला तथा नगर उद्योग वणिज्य संघको अध्ययन र भ्रमणबर्षको निम्तो बाड्ने कार्यmम तय भएको संघका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिए ।
संघका पुर्व अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको उक्त टोलीले विभिन्न जिल्लाहरुमा भरतपुर भ्रमण वर्ष र चितवनका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराउने छन ।
तीन दिने उक्त भ्रमणमा काठमाण्डौं, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, रामेछाप, नुवाकोटलगायतको जिल्ला तथा नगर उद्योग वणिज्य संघहरुसंग अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । भ्रमण टोलीलाई आइतबार उवासंघ चितवनको परिषरमा एक कार्यक्रमका बीच बिदाई गरिएको थियो ।