चितवन । चितवनमा दुई महिनाभन्दा बढी समयदेखि विद्युत महशुल नतिरेका ग्राहकहरुको लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ६० दिनभन्दा बढी समयदेखि विद्युत महशुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको कात्तिक १२ गतेदेखि विद्युत लाईन काट्न लागेको हो ।
लामो समयदेखि विद्युत महशुल नतिर्ने गा्रहकहरुको आइतबारदेखि अभियानकै रुपमा विद्युत लाइन काटिने भरतपुर वितरण शाखाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहांँका अनुसार विद्युत लाइन ६ महिना बढी समयदेखि काटिएको र बक्यौता भुक्तानी भएको छैन भने त्यस्ता ग्राहकलाई कालोसुचीमा राख्ने तयारी भएको छ ।
कालो सूचीमा परेका ग्राहकहरु अन्य सरकारी स्तरबाट पाउने सेवा सुविधाबाट बञ्चित हुने पौडेलले बताउनु भयो । बक्यौता रकम अविलम्ब भुक्तानी गर्न प्राधिकरणले अनुरोध समेत गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु