भरतपुर । खगेरीपुलबाट हामफाली घाइते भएका दक्षिण चितवनको माडी नगरपालिका वडा नं ७ स्याउलीबासका ५० वर्षीय बीरबहादुर तामाङको प्रहरी टोलीले उद्धार गरेको छ ।
मादक पदार्थ सेवन गरी रत्ननगर नगरपालिका वडा नं १० स्थित खगेरीपुलबाट हामफाली घाइते भएका तामाङको इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालमा ल्याई उपचार गराएको हो ।उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु