चितवन । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले नयांँ ट्वीन पिक्स शोरुम संँगै विभिन्न भेरियण्टका गाडी एसयुभी चितवनमा सार्वजनिक गरेको छ । भरतपुर महागनगरपालिका–१२ स्थित शोरुमको शुभारम्भ संँगै ती मोडलका एसयुभी सार्वजनिक गरिएको हो । कम्पनीले स्कारपियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० मोडलका गाडीहरु सार्वजनिक गरेको हो ।
गाडीको उद्धघाटन ईन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
सो अवसरमा आरोलकरले अग्नि ग्रुपको ग्राहक नेपालमा मात्रै ५० हजार भन्दा बढी महिन्द्राको उत्पादन बिक्री भएको बताउंँदै कम्पनीलाई स्थापित गराउन सबैको साथबाट यो सम्भव रहेको बताए ।
उनले महिन्द्राको नयांँ एसयुभी भेरियण्ट नेपाल भित्रयाउंँदा उत्साहित रहेको बताउंँदै नेपालको माटो सुहाउंँदो उत्पादन भएको बताए । ‘यो आम ग्राहकको लागि विकल्प पनि हो , उनले भने, यसले अनुपम ड्राईभिङ्ग सुरक्षा र डिजाईनको साथ उच्च स्तरको प्रर्दशन संयोजन गर्ने कुरामा हामी विश्वस्त छौं ।’
अग्नि ग्रुपका निर्देशक क्याबिनेट श्रेष्ठले चितवन र यस आसपासका जिल्लालाई लक्षित गर्दै शोरुम संँगै तीनटा भेरियण्टका एक्सयुभीको बिक्री शुरु गरिएको बताए । ‘यस क्षेत्रमा अग्नि ग्रुपको शोरुम स्थापना गर्नु हामी र हाम्रा समग्र ग्राहकको लागि खुशी र विश्वास प्रगाढ भएको पाएका छौं ।’ उनले भने ।
उनले एक्सयुभी भेरियण्ट संँगै यहांँबाट गुणस्तरीय सर्भिस सेवासंँगै स्पेयर पार्टस पनि उपलब्ध गराईएको बताए । ग्रुपका डिपुटी सेल्स डाईरेक्टर बरदान बस्नेतले यो सुविधा सम्पन्न आटलेटले ग्राहकको सेवा संँगै विश्वास जित्ने बिषयमा आफू विश्वस्त रहेको बताए । ‘यो हाम्रो यो आर्थिक बर्षमा मात्रै ८ औं आउटलेट विस्तार हो, उनले भने, आगामी दिनमा पोखरा, धनगढी, नेपालगञ्ज, बुटवलमा शोरुम विस्तार गर्ने योजनामा छौं ।’
यसले ग्राहकको अन्र्तराष्ट्रिय स्तरको सेवा सहितको पहुंँच ग्राहक समक्ष पुग्ने भन्दै उनले बागमती प्रदेशका बजार सकारात्मक बजार स्थापित हुने कुरामा आफू विश्वस्त रहेको बताए । ट्वीन पिक्स शोरुम स्थापना संँगै ग्राहक र कम्पनीबीचको सम्बन्ध थप मजबद हुने विश्वास कम्पनीको छ ।
कम्पनीले एक्सयुभी ३००को विभिन्न भेरियण्ट गरी ४२ लाख ९५हजार रुपैंया देखि ६० लाख सम्मको मुल्य तोकेको छ । र डिजेल भेरियण्टको गाडीको मुल्य ८१ लाख ५० हजार देखि १ करोड २४ लाख मुल्यका गाडी बिक्रीमा राखिएको जनाएको छ ।