चितवन । भरतपुर महानगरलाई पटक पटक अनुरोध, धर्ना र वार्ता गर्न समेत नमानेपछि चितवनका कवाड व्यवसायीले पुनः शशत्त, आन्दोलन गर्ने घोषणा गरेका छन ।
भरतपुर महानगरपालिकाका कवाडी व्यवसायीहरुले महानगरको ठेक्का कर प्रणालीको विरुद्धमा शशक्त आन्दोलन गर्ने तयारी गरेका हुन् । आज (शनिबार‘ सरसफाई तथा पुनउपयोगी वस्तु व्यवसायी संघ र चितवन कवाड व्यवसायी संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ठेक्का प्रणाली फिर्ता नभएसम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकर बहादुर खत्री क्षेत्रीले नियमित महानगरमा धर्ना गर्र्दा पनि सुनुवाई नभएपछि घटस्थापनाको भोलीपल्ट देखि शशक्त आन्दोलन गर्न लागिएको बताए । ‘पहिले हामी महानगरका मात्र व्यवसायी थियौं अब हामी जिल्लाकै व्यवसायी एकजुट भई आन्दोलनको तयारी गरेका छौं ।’ उनले भने । असोज २१ देखि धर्र्ना विरोध, प्रर्दशन, शान्तिपुर्ण र्याली गर्दा पनि महानगरले बार्तासम्म गर्न नबोलाएकोले शशक्त आन्दोलनमा जाने तयारी गरेको उनको भनाई छ ।
सो अवसरमा बोल्दै चितवन कवाडी व्यवसायी संघका अध्यक्ष नारायण सिंह गुरुङ्गले आफूहरु ९ महिनादेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठेक्का प्रथाको विरोध गर्दै आएको तर महानगरले आफ्नो अडान नछाडेका कारण बाध्य भएर सडकमा आउनु परेको बताए । आफूहरुले अब निरन्तर रुपमा धर्ना र्याली, पुन ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको उनको भनाई छ । ‘हामीले अहिलेसम्म धेरै शान्तिपुर्ण तरीकारले प्रर्दशन गर्यौं , कुरा राख्यौं सुनुवाई बुझाई भएन । अब हामी व्यवसायनै ठप्प पारेर सडकमा आउंँदैछौं ।’ उनले भने ।
राज्यलाई कर तिर्ने मनसाय नरहेको भन्दै उनले अहिलेको आर्थिक परिवेषमा महानगरसंँग सहजीकरण गर्न मात्र खोजेको बताए । ’करकै कुरा गर्ने हो भने हामीले भन्दा अरुले कमैले कर तिर्ला , उनले भने , यस्तो बेलामा हामीलाई हतोत्साही गर्ने कि प्रोत्साहित गर्ने ।‘ आफूहरुले आयकर, मुल्य अभिवृद्धि कर ,घरबहाल कर, व्यवसाय कर, निकासी कर, अन्र्तरपालिकासम्मको निकासी कर तिर्दै आएको उनले बताए ।
महानगरपालिका करको नाम पारेर आफैले व्यवसाय गर्न लागेको उनीहरुको आरोप थियो ।
संघका सल्लाहकार भोलानाथ सापकोटाले व्यवसाय बन्द गरेपछि यसको नतिजा महानगरले नै भोग्नुपर्ने भन्दै आक्रोश पोखे । ‘हामीलाई व्यवसाय बन्द गरेर के हुन्छ, हामीसंँग अन्य विकल्प पनि छ नि । एकदिन मात्र कवाडी बस्तु नउठ्दा महानगरको अवस्था के हुन्छ ?’ उनले भने । महानगरपालिकाकै सफाइकर्मी आफूसंँग आश्रित रहेकोले उनीहरुले समेत काम ठप्प पार्ने उनको भनाई थियो । महानगरको कुल फोहरको ४० प्रतिशतसम्म कवाड व्यवसायीले पुन उपयोग गर्दै आएकोले महानगरले गम्भिर भएर सोच्नु पर्ने उनले बताए ।
पुनउपयोगी संघका सचिव पुरन मल्लले महानगरको यस निर्णयले सयौंको व्यवसाय र रोजगारी खोसिन लागेको बताए । ‘कवाडी सामानको भन्दा मुल्य भन्दा बढी कर लिएको छ,, अब हामी कहांँ व्यवसाय गर्न सक्छौं उनले भने, अहिले व्यवसाय नविकरण गर्न त समस्या छ , नत अहिले कवाड व्यवसायनै चलेको छ । देशको आर्थिक मन्दीका कारण ६० प्रतिशत भन्दा बढी कवाड व्यवसायमा गिरावट आएको उनको भनाई थियो । भरतपुर महानगरपालिकामा मात्रै करीब सयको हाराहारीमा कवाड व्यवसायी छन । जहांँ ५ हजारको हाराहारीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।