काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई बुधवार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बताएको छ ।
पर्याप्त मौज्दात रकम नभएको खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले अभियुक्तलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु