चितवन । शैक्षिक विकासको लागि भन्दै भरतपुर महानगरले महानगर भित्रका पांँचवटा वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उदेश्य सहित उक्त बस आज हस्तान्तरण गरेको हो । बस पाउने विद्यालयहरुमा नारायणी नमुना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय,भिमनगर माध्यमिक विद्यालय प्रभात माध्यमिक विद्यालय लक्ष्मी माध्यमिक विद्यालय ररहेका छन । मंगलबार एक महानगरमा एक कार्यक्रमको आयोजना गरी प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रध्यानाध्यापक लाई बसको साचो हस्तान्तरण गरेकी थिइन् ।
महानगरका अनुसार रुट प्रमिट र ईन्सुरेन्स सहित प्रति बस १९ लाख ९८ हजार रुपैयांँको खर्चमा महानगरले बिद्यालयलाई बस हस्तान्तरण गरेको हो ।
हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्धेश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । स्कुलको पूर्वाधार निर्माण, स्तरोन्नति देखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै दाहालले महानगरका नीजि बिद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताईन् ।
भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफनो योजना रहेको दाहालको भनाई छ । महानगरमा त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ,आंगिक ईन्जिनियरिंग कलेज ,प्रहरी स्कुल , भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वबिद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताईन् ।
अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालु आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाई छ । महानगरले यस अघि पनि सामुदायिक बिद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो
भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बिद्यालयको शैक्षिक विकास संगै बिद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए । किशोरीहरुलाई साईकल बितरण,लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागी छात्रबृति प्रदान , द्धन्द्ध प्रभावित बालबालिकाका लागी शैक्षिक सहयोग सामाग्री प्रदान ,अपागंता भएका बालबालिकाका लागी शैक्षिक सिकाई समाग्री लगायतका अन्य सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान भएको बताए ।
सरकारी बिद्यालयको शैक्षिक विकासका लागी महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६ सय बिद्यार्थीहरु सामुदायिक बिद्यालयमा भर्ना भएको उनकोे भनाई थियो । २०७६मा आर्थिक वर्षमा ३७ हजार बिद्यार्थी रहेकोमा बढेर ४२ हजार ५ सय पुगेका उनले बताए । संख्यात्मक बृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुदै जाने आफुहरुको अपेक्षा रहेको उनले बताए । कम बिद्यार्थी भएको बिद्यालयलाई मर्ज गर्ने नीत महानगरको रहेको र मर्ज गर्दा बिद्यालय आउन समस्या हुने बिद्यार्थीहरुका लागी बसले धेरै सहजता दिने उनको भनाई छ ।