चितवन । नेपाल सरकारका अर्थमन्त्री डा. अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सुधारमा गईसकेको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले अर्थतन्त्र सुधारको बाटोमा गएको ठोस आधार भएको बताउनुभयो ।
‘विश्वबैंकले पनि नेपालको आर्थिक बृद्धिदर बढ्ने प्रक्षेपण गरेको छ । पर्यटकहरुको आगमन पनि बढेको छ । रेमिट्यान्स पनि बढ्दै गएको छ । शेयर बजारमा पनि सुधार हुंँदै जान्छ । अब अर्थतन्त्रमा सुधार हुंँदै जान्छ ।’ उहांँले भन्नुभयो ।
सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणी र आलोचनाले सबै क्षेत्रमा मनोबल गिरेको उहांँले बताउनु भयो । ‘अर्थतन्त्र अगाडि बढेको ठोस आधार छन । सबै ठीक छ भनेको त्यसै भनेको छैन । सामाजिक सञ्जालमा भनेजस्तो छैन ।’ उहांँले भन्नुभयो ।
अर्थतन्त्र चलायमान बनाउन अर्थनीति र मौद्रिक नीति, व्याजदरका बिषयमा सरकारले गृहकार्य गरेको बताउनु भयो ।