चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र रहेको खाली जमीनको सदुपयोेग र हरियाली प्रर्वन गर्ने उद्धेश्य सहित अभियान शुरु गरेको छ । वडा नम्बर २ मा रहेको अद्वैत संस्थाको करीब एक बिघा जमीनमा सयपत्री फूल लगाएर जग्गालाई प्रयोगमा ल्याईएको हो ।
झाडी भएर खेर गएको सो जग्गामा आदर्श गृह नामक संस्थालाई खेती गर्न निःशुल्क रुपमा दिईएको छ । हाल उक्त संस्थाले सयपत्री फूल र केहीमा कोदो खेती गरेको छ ।
वडाको खाली जमीन सदुपयोग गर्ने अभियान अनुसार उक्त संस्थालाई प्रयोग गर्न दिईएको वडा अध्यक्ष रानाभाटले जानकारी दिए । ‘यो अभियानले एक त खाली जमीनको सदुपयोग हुन्छ अर्कोतिर उत्पादन र आत्मनिर्भरतालाई पनि जोड्न सकिन्छ ।’ रानाभाटले भने । वडालाई स्वच्छ सफा हरियाली बनाउन समेत यो अभियान सार्थक हुने उहांँको भनाई छ । भरतपुरको मुटुमा रहेको नारायणगढ क्षेत्रपुर र नारायणगढ– मुग्लिनसडक समेत छुने यो क्षेत्रमा हरियाली प्रर्वद्धन गर्न सके भरतपुर भ्रमण बर्ष २०२४ लाई समेत टेवा पुग्ने रानाभाटले बताए । वडा नम्बर २ जस्तै अन्य वडालाई पनि यस अभियानमा जोड्न अभिप्रेरित गर्ने रानाभाटको भनाई छ ।
आर्दश गृहकी अध्यक्ष मिना खरेलले गृहमा बस्दै आएका महिलाहरुले खेती गरेको र यसका लागि लगानी र सहजीकरण संस्थाले गरेको बताईन । गृहमा संरक्षणमा रहेकाहरुलाई सहयो र आत्मनिर्भर वनाउनका लागि फूलखेती गरिएको उनले बताए । हामीले अन्य वडामा पनि खाली जमीन पाए र अनुकुलता मिले खेती लगाएर उनीहरुलाई आत्मनिर्भर र स्वालम्बन बनाउंँछौं । खरेलले भनिन ।
हाल यो संस्थामा हिंसामा परेका २७ जना महिला तथा बालिका रहेका छन ।
वडाले वडा भित्रको जग्गा बाँझो राख्न नपाउने कार्यबिधि अनुसार खाली जमीन हस्तान्तरण गर्दै आएको बताइन् । “खेत बाँझो रहँदा झाडी बढ्ने र अपराधिक कृयाकलापहरु हुने भएकाले अभियान संञ्चालनमा ल्याई कार्यान्वयन गरिएको हो ।” रानाभाटले भने । संस्थागत र समुहमा आउने अन्यलाईपनि वडा भित्रको जग्गा निशुल्क रुपमा खेती गर्न दिईने अध्यक्ष रानाभाटको भनाई छ ।
यहाँ उत्पादित फूलको वजारीकरण र लागि महानगर फलफुल तथा तरकारी थोक व्यवसायी संघ संग सहकार्य गरिएको छ । संघले बजारीकरण सहित आबश्यक मल समेत सहयोग गर्ने कार्यवाहक अध्यक्ष थिर प्रसाद धितालले जानकारी दिए । अन्य खाली जग्गामा उत्पादित तरकारी तथा फलफूल उपजलाई बजारीकरण र सहजीकरण गर्ने धितालले प्रतिबद्धता व्यक्त गरे ।