चितवन । परोपकारमूलक सामाजिक गतिविधि गर्ने उदेश्यले महिलाहरुद्धारा स्थापना भएको भरतपुर १० मा रहेको स्पन्दन नेपालको अध्यक्षमा अनिता खनाल चयन हुनुभएको छ । संस्थाका अध्यक्ष इन्दिरा भूसालको अध्यक्षतामा भएको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसनले खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसममिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक सचिवमा बिमला दाहाल, सहसचिवमा शोभा बास्तोला र कोषाध्यक्षमा सिता भुसाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा शकुन्न्तला धरेल, सावित्री शर्मा, पार्वती गुरुङ र बिमला घिमिरे चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारमा गोमा भट्टराई, रन्जु मैनाली र इन्द्रमाया श्रेष्ठलाई चयन गरेको छ ।
यसैविच नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो छोराको जन्मदिनको अवसर पारेर शनिबार नै रामजानकी बालिका आश्रम देवघाटधाममा आश्रित बालिकाहरुलाई भोजन वितरण गर्नु भएको छ । बालिकाहरूलाई भोजन सेवा गरेर आफ्नो कार्यकालको शुभारम्भ गरेको अध्यक्ष खनालले बताउनुभयो ।