सूर्यप्रसाद अधिकारी , चितवन । भारतीय सिमाना नजिक केरामा लाग्ने पानामा रोग( टीआर–४) देखिएपछि चितवनका किसान चिन्तित देखिएका छन । चितवन देशकै केन्द्र रहेको र भारतीय सीमा नजिक भएकोले पनि यो रोगको जोखिममा चितवन रहेको हो । केराको विरुवा, पात , ठांँटबाट सर्ने भएकोले यसको सतर्कताको लागि आज नारायणगढमा केरा किसान , व्यवसायी र कृषि ज्ञान केन्द्र बीच छलफल भएको छ ।
छलफल कार्यक्रममा चितवनका किसान एवं चितवन केरा उत्पादक संघ, चितवनका पूर्व अध्यक्ष यज्ञ सुबेदीले भारत सिमाना नजिक रहेका जिल्लाहरुमा यो रोग देखिएसंँगै चितवनमा पनि जोखिम भएको बताउनु भयो । ढुवानी गर्ने सवारीमा केराको ठांँट पात समेत ल्याएको पाईएकोले यो तत्काल रोक्नु पर्ने उहांँको भनाई छ । सरोकारवाला निकाय मिलेर भारत तथा एक जिल्ला तथा अर्को जिल्लामा केरा लैजादा कार्टुन , क्रेट, बोरामा प्याकिङ्ग गर्नु पर्ने उहांँले बताउनु भयो । ‘हामी सबैले समयमै सतर्कता सावधानी अपनाउनुपर्छ नत्र करौंडोको घाटा खानुपर्ने अवस्था आउंँछ ।’ सुबेदीले भन्नुभयो ।
अर्का किसान तथा संघका पूर्व अध्यक्ष बिष्णुहरि पन्तले यो रोग कोभिड १९ भन्दा बढी घातक रहेकोले तत्काल यसको सावधानीका उपाय अबलम्बन गर्नुपर्ने बताउनु भयो । यो जसरी मानिसमा कोभिड १९ भन्दा बढी खतरा छ त्यो भन्दा बढी केरामा छ, उहांँले भन्नुभयो , चितवनमा कहींमा मात्र देखिए चितवनका सबै वगान सखाप पार्छ ।’ उहांँले पानाम रोग देखिएका ठाउंँहरुको केरा ढुवानी गर्दा प्याकेजिङ्ग भए नभएको हेर्नुपर्ने, सवारीमा ब्लिचिङ्ग पाउडर छर्ने र हरेका जिल्लाको सिमानामा निगरानी गर्नु पर्नेमा जोड दिनुभयो ।
संघका निर्वतमान अध्यक्ष घननाथ महत्तोले नार्कले यो केराको विरुवामा रहेको माटोबाट सर्ने भएकोले भारतबाट आउने बिरुवामा रोग लगाउनु पर्ने बताउनु भयो । ‘अहिलेसम्म चितनमा पानामा रोग लागेको देखिएको छैन, तर बेलैमा सावधानी अपनाउनुपर्छ ।’ महत्तोले भन्नुभयो । रोग फैलन नदिन व्यवसायीको पनि उत्तिकै भूमिका हुने भएकोले सहयोग गर्दिन उहांँले आग्रह गर्नुभयो ।
सहभागी व्यवसायीहरुले राज्यको संयन्त्र बलियो हुनुपर्ने भन्दै अन्तर जिल्ला ढुवानीमा केरा खरीद बिक्री गर्न रोक नलगाउने बिषयमा जोड दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समन्वय ईकाई चितवनका सूचना अधिकारी ईन्द्र ढुंगानाले हालसम्म चितवनमा यो रोग नदेखिपनि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । ‘हामीले पटक पटक गरी ८ चोटी परिक्षण गर्न पठाईसक्यौं उहांँले भन्नुभयो , रोग नदेखिएपनि उच्च जोखिम छ ।’ ढुंगानाले यो रोग केरा र काईयोबाट नसर्ने भएकोले ढुवानी गर्दा प्याकिङ्ग गरेर वितरण गर्न सुझाव दिनुभयो । यसले केरामा असर गरेपनि मानव स्वास्थ्यमा भने असर नपर्ने उहांँको भनाई छ ।ज्ञानकेन्द्रले यसबाट जोगिन जैविक सुरक्षा अबलम्बन गर्न आग्रह गरेको छ । यो रोग हाल जी नाइन जातको केरामा देखिएको हो । मालभोग केरामा चितवनमा ‘टीआर –१’ मात्र देखिएको छ । यो रोग लागेमा केराको पातको ठांँट पहेंलो भएर भांँचिने, केराको थम्बा भित्र खैरो कालो भई चिरिने गर्छ र बोट मर्छ ।
संघका अध्यक्ष माधब घिमिरेका अनुसार चितवनमा २ हजार २५० हेक्टर जमीनमा केराखेती गरिएको छ । त्यसमध्ये चारसय हेक्टरमा मात्र जीनाईन जातको केराखेती गरिएको छ । चितवनमा बार्षिक ५४ हजार २४३ मेट्रिक टन केरा उत्पादन हुंँदै आएको छ । बर्षमा २ अर्ब भन्दा बढीको केराको कारोबार हुंँदै आएको संघले जनाएको छ ।