चितवन ।वीरेन्द्र बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका उपप्राध्यापक सुदिप वाग्लेले विद्यावारिधी (पीएचडी) को उपाधि हासिल गरेका छन् ।
वाग्लेले भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबाट ‘ नेपालका कम्पनीहरुको बित्तीय सामाजिक उत्तरदायित्व’ विषयमा पीएचडी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापक वाग्ले गोरखपुर विश्वविद्यालयमा सन् २०१८ मा पीएचडीको लागि गएका थिए भने सन् २०२१ मा आफ्नो शोधपत्र पूरा गरेका थिए । विश्वविद्यालयले हालै गरेको दीक्षान्त समारोहमा उनले विद्यावारिधीको उपाधि ग्रहण गरेका हुन् ।
वाग्लेले २०५१ सालमा बालकुमारी उच्च माविबाट एसएलसी, बालकुमारी क्याम्पसबाट आईकम र बीबीएस, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबाट विसं २०६०सालमा एमबीएस उतीर्ण गरेका थिए ।
२०६२ सालबाट आंशिक प्राध्यापकको रुपमा सेवामा प्रवेश गरेका उनले पीएचडीको उपाधि लिएपछि चितवनमा रहेर प्राध्यापन र सामाजिक अनुसन्धानमा सक्रिय हुर्ने बताएका छन् । भरतपुर महानगरपालिका–३ बाह्घरेका स्थायी घर भएका वाग्लेले पीएचडी उपाधिको गरिमा राखेर शैक्षिक र सामाजिक उनन्नयनमा आफ्नो बांँकी जीवन सक्रिय रहने बताए ।